global ime bank Long Banner Ad

गृहपृष्ठ पिपुल्स इनर्जी लिमिटेडको शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त

पिपुल्स इनर्जी लिमिटेडको शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त

पिपुल्स इनर्जी लिमिटेडको शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६,००,००० कित्ता साधारण शेयरको प्रति शेयर अंकित मूल्य १०० का दरले कुल ६६,००,००,००० (अक्षरेपी छैसठ्ठी करोड रुपैयाँ मात्र) बराबरको शेयर प्रत्याभूति ज्योति क्यापिटल लिमिटेडले गर्ने भएको छ।

सोमबार ज्योति क्यापिटल लिमिटेड र पिपुल्स इनर्जी लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालयमा आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक जनार्दन अर्यालले शेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटल लिमिटेडको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ। हरेक ग्राहकको समृद्धिको सहयात्री बन्ने उद्देश्य बोकेको ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु