global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले आज विज्ञप्ति जारी गरी प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्नुपर्ने बताए ।

उनले विद्युत् वितरण प्रणालीलाई चुस्त बनाउन, चुहावट नियन्त्रण गर्न र सेवालाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गरे । “विद्युत् वितरण व्यवस्थापनमा स्थानीय सरकार र सामुदायिक संस्थाको सक्रिय सहभागिता भएमा मात्र सेवा प्रवाह छिटोछरितो र जवाफदेही बन्न सक्छ”, अध्यक्ष ज्ञवालीले भने ।

महासङ्घले ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता लिनुपर्ने, विद्युत् महसुल दरलाई वैज्ञानिक, व्यावहारिक र समुदायमैत्री बनाउन पुनरावलोकन गर्नुपर्ने, कृषि, सिँचाइ र उद्योगमा विद्युत् खपत बढाउन विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने मागसमेत गरेको छ । नेपालमा हाल करिब चार हजार ९०० मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको सन्दर्भमा स्वदेशमा खपत बढाउनु आवश्यक रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु