global ime bank Long Banner Ad

गृहपृष्ठ टिकटकर अधिकारी पुर्पक्षका लागि जेल चलान

टिकटकर अधिकारी पुर्पक्षका लागि जेल चलान

टिकटकर अधिकारी पुर्पक्षका लागि जेल चलान

ललितपुर । टिकटकर तुलसा अधिकारी जेल चलान भएकी छन्। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले ठगी प्रकरणमा पक्राउ परेकी अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। उनलाई नख्खु कारागार पठाइनेछ।

ललितपुरका जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी रहेका छन्। उनीहरूविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।

चिमोरियाले गत साउन २४ गते अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए। साथै, अधिकारीको २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दासमेत चलाइएको छ।

२०८२ भदौदेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्यान्ड पुगेपछि गत शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन्।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु