global ime bank Long Banner Ad

गृहपृष्ठ मितेरी डेभलपमेन्ट बैंकले ६८ हजार ८५० कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

मितेरी डेभलपमेन्ट बैंकले ६८ हजार ८५० कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

मितेरी डेभलपमेन्ट बैंकले ६८ हजार ८५० कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ६८ हजार ८५० कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै उक्त सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।

बैंकद्वारा जारी सूचनाअनुसार एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्री प्रक्रिया अघि बढाइएको हो। हालका संस्थापक सेयरधनीहरूले मात्रै यो सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन बुझाउनुपर्नेछ।

बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ। यससँगै बैंकले संस्थापक समूहको सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु