काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता

2.5K
shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक समूहअन्तर्गतको १० लाख ८० हजार कित्ता सेयर बिक्री प्रक्रिया सुरु भएको छ। बैंकका संस्थापक सेयरधनी आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।

बैंकद्वारा जारी सूचनाअनुसार उक्त सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिइएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ।

यससँगै आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको निफ्राको संस्थापक सेयर हस्तान्तरण प्रक्रिया अघि बढाएको छ भने बैंकले प्रचलित व्यवस्था अनुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाएको जनाएको छ।