गृहपृष्ठ माउण्ट एभरेष्ट पावरको स्थानीय आईपीओ बाँडफाँड सम्पन्न, केही आवेदकलाई थप १० कित्तासम्म सेयर
माउण्ट एभरेष्ट पावरको स्थानीय आईपीओ बाँडफाँड सम्पन्न, केही आवेदकलाई थप १० कित्तासम्म सेयर
काठमाडौं । सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बाँडफाँडपछि अधिकांश आवेदकले मागअनुसारकै सेयर पाएका छन् भने केहीलाई गोलाप्रथामार्फत थप १० कित्तासम्म सेयर परेको छ।
बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई अति प्रभावित र प्रभावित गरी दुई समूहमा विभाजन गरेर सेयर वितरण गरिएको हो।
अति प्रभावित वर्गमा १५० कित्तासम्म आवेदन दिने सबैले मागअनुसार सेयर पाएका छन् भने सोभन्दा बढी आवेदन दिनेहरूलाई पनि १५० कित्तासम्मकै सेयर दिइएको छ। बाँकी रहेको सेयर गोलाप्रथामार्फत वितरण गर्दा केही आवेदकले अतिरिक्त १० कित्ता प्राप्त गरेका छन्।
त्यसैगरी प्रभावित वर्गतर्फ ६० कित्तासम्म आवेदन दिने सबैले मागअनुसार सेयर पाएका छन् भने सोभन्दा बढी आवेदन दिनेहरूलाई ६० कित्तासम्मकै सेयर दिइएको छ। गोलाप्रथापछि केही आवेदकलाई थप १० कित्तासम्म सेयर परेको छ।
स्थानीय बाँडफाँड सम्पन्न भएसँगै कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ निष्कासनको अर्को चरण अघि बढाउने तयारी गरेको जनाएको छ।
प्रकाशित समय : १८:०८ बजे



















