global ime bank Long Banner Ad

गृहपृष्ठ कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ

कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ

कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ

काठमाडौं । कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)) ले उनलाई धनुषाबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक शेल कम्पनी स्थापना गरेका थिए। उक्त कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराई प्रभु बैंकबाट कर्जा लिएको अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार उनले बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिएका थिए, सो कार्यमा नलगाई अन्यत्र प्रयोग गरी पटक–पटक कर्जा दुरुपयोग गरेको पाइएको छ।

उनी राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा उक्त शेल कम्पनीका एकल सञ्चालक हुन्। साथै उनी जानकी मेडिकल कलेज जनकपुरका अध्यक्ष समेत हुन्।

उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई (सीआईबी) ले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो।

उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु