global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन

नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन

नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन

काठमाडौं । अमेरिकाका सामाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन भएको छ ।
क्यान्सर रोगसँग लामो समयदेखि लडिरहेका उनको बुधबार निधन भएको हो । सन् २००६ तिर पहिलोपटक पर्यटकका रूपमा नेपाल आएका स्कट यहाँका ग्रामीण भेगका मानिसहरूको गरिबी, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था र खासगरी महिलाहरूको संघर्ष देखेपछि निकै प्रभावित भएका थिए। त्यसपछि उनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षाको पहुँच पु¥याउने उद्देश्यले ‘द माउन्टेन फन्ड’ नामक गैरसरकारी संस्थाको स्थापना गरे ।

उक्त संस्थामार्फत उनले ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण र स्वास्थ्य चौकीहरू निर्माण गर्ने कार्यमा ठूलो योगदान पु¥याएका थिए ।
०७२ सालको विनाशकारी भूकम्पको समयमा स्कट र उनको टोलीले धादिङ र सिन्धुपाल्चोकका दुर्गम गाउँहरूमा पुगेर उद्धार तथा राहत सामग्री वितरणमा काम गरेको थियो।
घरबारविहीन भएका सयौँ परिवारका लागि अस्थायी आवास निर्माण र घाइतेहरूको उपचारमा उनले सहयोग गरे ।

एक कुशल फोटोग्राफरका रूपमा स्कटले नेपालका हिमाल, संस्कृति र विशेष गरी नेपालीहरूको जीवनका अनेकौँ आयामहरूलाई तस्बिरमार्फत विश्वभर चिनाउने काम गरे।

अन्तर्राष्ट्रिय मञ्चहरूमा उनले खिचेका तस्बिरहरू प्रदर्शन गरेर नेपालको पर्यटन र यहाँका सामाजिक मुद्दाहरूमा विश्वको ध्यान आकर्षित गराउँदै आएका थिए । उनलाई नेपाल र नेपालीहरूलाई आत्मादेखि माया गर्ने सच्चा अमेरिकी समाजसेवीका रुपमा चिन्ने गरिन्छ । भौगोलिक रूपमा अमेरिकी नागरिक भए पनि उनको मन र कर्म सधैँ नेपाली माटोमै समर्पित रहेको उनी निकट शुभेच्छुकहरुको भनाइ छ ।

बिहीबार स्कटको सेलिब्रेशन अफ लाइफ स्मारक सेवा कार्यक्रम गरिँदै छ । उनकी श्रीमती सुनिता सुवेदी शर्मा (म्याकलेनन)ले स्कटको फेसबुकमा स्टाटस लेख्दै बिहीबार दिउँसो १ बजे स्कटको सेलिब्रेशन अफ लाइफ स्मारक सेवा कार्यक्रम गर्न लागेको जानकारी दिएकी हुन् ।
उनले स्कटको बिदाइ र स्वर्गीय यात्राको सुरुवातको लागि श्रद्धाञ्जली व्यक्त समेत गरेकी छ्नि ।
स्कटका साथी तथा आफन्तहरुले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु