global ime bank Long Banner Ad

गृहपृष्ठ छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने

छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने

छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने

काठमाडौँ । छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो ।

बैठकले गीत, सङ्गीत र गायनतर्फको यस वर्षको पुरस्कार पनि घोषणा गरेको छ । गुठीका सचिव दिनेश अधिकारीका अनुसार गीत रचनातर्फ डा नवराज लम्साल र सङ्गीत रचनातर्फ किरण कँडेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीले यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । ‘गुन भुल्यौ, पित्तलको सुन पायौँ होला…’ बोलको गीत रचना, सङ्गीत र गायनका लागि घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार र सम्मान गुठीका संस्थापिका तथा गीतकार स्व। रमोलादेवी शाह ‘छिन्नलता’को जन्ममिति आगामी साउन ९ गते हरिशयनी एकादशीका दिन प्रदान गरिने गुठीले जनाएको छ ।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु