गृहपृष्ठ जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी
जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी
बागलुङ । यहाँको बढिगाड गाउँपालिका–५ खाराबजारका भोजराज घिमिरेको घरमा जङ्गलमा पाइने फल (जङ्गली भ्याकुर) खाँदा आज एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् ।
भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बढिगाड गाउँपालिका–५ निवासी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको छ ।
यस्तै बढिगाड गाउँपालिका–५ का दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन् । बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
प्रकाशित समय : १२:०७ बजे



















