global ime bank Long Banner Ad

गृहपृष्ठ कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

काठमाडौं । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण गरेका छन् ।

आज बिहान १०ः१२ बजे उनले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । यो उपलब्धिसँगै उनले आफैंले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन् । सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामी रीता शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा हिमाल आरोहणमा सक्रिय छन् । कठिन मौसम, जोखिमपूर्ण मार्ग र उच्च हिमाली चुनौतीका बीच पनि उनले देखाएको निरन्तरता र धैर्यले उनलाई विश्वकै अग्रणी उच्च हिमाल आरोहीमध्ये एक बनाएको छ ।

उनलाई नेपाली मात्र होइन, विश्वभरका पर्वतारोहण समुदायले सगरमाथाको प्रतीक र प्रेरणाको स्रोतका रूपमा सम्मान गर्दै आएका छन् । यस वर्षको सफल आरोहणपछि उनी सुरक्षित रूपमा आधार शिविर (बेस क्याम्प) तर्फ फर्किँदै गरेको जनाइएको छ । आरोहण अभियानमा संलग्न कम्पनी सेभेन समिट टे«कले उनको सफलताको पुष्टि गर्दै सुरक्षित अवतरणको कामना गरेको छ ।

कामी रीता शेर्पाको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ । सगरमाथा आरोहणलाई जीवनको निरन्तर अभियान बनाएका उनले फेरि एक पटक विश्वलाई देखाएका छन् । साहस, अनुशासन र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ । उनको यो कीर्तिमानी आरोहणले नेपाली हिमाल पर्यटन र पर्वतारोहण क्षेत्रमा नयाँ ऊर्जा थपेको छ र विश्वभर नेपाललाई अझ उज्यालो रूपमा प्रस्तुत गरेको छ ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु