global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशका रूपमा सिफारिस

न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशका रूपमा सिफारिस

न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशका रूपमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा यसपटक लामो समयदेखि कायम वरिष्ठताको परम्परा तोडिएको छ । संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई छाड्दै चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मालाई नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो ।

बिहीबार बसेको परिषद् बैठकले शर्माको नाम अनुमोदनका लागि अघि बढाएको हो ।यसअघि न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।

सिफारिस सूचीमा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ, डा. नहकुल सुवेदी र डा. मनोज शर्मा रहेका थिए ।

तर परिषद्ले वरिष्ठताको आधारभन्दा बाहिर गएर चौथो वरीयताका शर्मा रोजेपछि न्यायालयभित्र नयाँ बहस सुरु भएको छ । हालसम्म प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको रोलक्रमलाई मुख्य आधार मान्ने अभ्यास रहँदै आएको थियो ।

यसअघि दीपकराज जोशीको नियुक्ति विवादमा परेका बेला पनि परिषद्ले वरिष्ठताकै आधारमा उनको नाम सिफारिस गरेको थियो । यद्यपि संसदीय सुनुवाइ समितिले नागरिकता र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवाद देखाउँदै उनलाई अस्वीकृत गरेको थियो ।

डा. शर्माको सिफारिससँगै अब प्रधानन्यायाधीश नियुक्तिमा ‘वरिष्ठता कि क्षमता’ भन्ने बहस पुनः सतहमा आएको छ ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु