nmb bank

गृहपृष्ठ सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पहिलो चरणअन्तर्गत वैशाख २१ गतेदेखि खुला गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै पहिलो चरणको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसअन्तर्गत प्रति सेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरिनेछ । सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा छिटोमा वैशाख २४ गतेसम्म र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखाबाट दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्वा प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु