काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री कपको आजको खेलमा मधेस प्रदेश विजयी

2.46K
shares

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा मधेस प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेस प्रदेशले चार विकेटले नेपाल पुलिस क्लबलाई हराएको हो । नेपाल पुलिस क्लबले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १३० रन जोडेको थियो ।

नेपाल पुलिस क्लबका कुशल भुर्तेलले ४२ बलमा ३९ रन जोडेका थिए । त्यस्तै नेपाल पुलिस क्लबका शङ्कर रानाले ६१ बल खेल्दै २७ रन जोडेका थिए । मधेस प्रदेशका आशिक बैंठा र पवन सर्राफले समान तीन–तीन विकेट लिएका थिए ।

मधेस प्रदेशले २४ दशमलव १ ओभरमा छ विकेट गुमाउँदै एक सय ३१ रन जोडेको थियो । मधेस प्रदेशका अरनिको यादवले ४४ बल खेल्दै ६५ रन जोडेका थिए भने रूपेश सिंहले पनि २९ बलमा २७ रन जोडेका थिए । नेपाल पुलिस क्लबका गुल्सन झाले तीन विकेट र सागर ढकालले दुई विकेट लिएका थिए ।

आजको खेलमा मधेस प्रदेशका अरनिको यादव प्लेयर अफ दि म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ ।