गृहपृष्ठ कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । काठमाडौंमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु हुनुअघि रणनीति तय गर्न बैठक आह्वान गरिएको हो।
बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
आजै दिउँसो २ बजे संघीय संसद्को बहुद्देश्यीय कक्षमा प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु हुँदैछ। अधिवेशन उद्घाटनका अवसरमा दलगत आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यक्रम तय भएको छ।
प्रकाशित समय : ११:२१ बजे



















