काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मङ्गलबार

2.1K
shares

झापा : कोशी प्रदेश र भारतको पश्चिम बङ्गाल प्रान्तको सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्न यही चैत २४ र २५ गते विर्तामोडमा ‘कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन’ उत्सव हुने भएको छ ।

विर्तामोड सिटी सेन्टरमा आयोजना हुने उत्सवमा नेपालका १८ र भारतका १२ वटा प्रदर्शनी कक्ष राखिने जिल्ला पर्यटन कार्यालयले जनाएको छ । ती कक्षबाट स्थानीय खानाका परिकार, हस्तकलाका सामग्री, पर्यटन ‘प्याकेज’ तथा सेवाबारे विस्तृत रूपमा जानकारी दिइने छ । आगन्तुकले परिकार चाख्न पनि पाउने छन् ।

उत्सव सञ्चालन गर्न पर्यटन व्यवसायी इन्दिरा श्रेष्ठको संयोजकत्वमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजक समिति गठन भएको छ ।

उत्सवका माध्यमबाट नेपाल र भारतबीचको सांस्कृतिक निकटतालाई अझ सुदृढ तुल्याउन र सुस्ताएको पर्यटन उद्योगलाई गतिशील बनाउन सघाउ पुग्ने विश्वास संयोजक श्रेष्ठको छ ।

उत्सवमा विविध सांस्कृतिक कार्यक्रम, फोटो तथा चित्रकला प्रदर्शनीका साथै र दुई देशबीच सांस्कृतिक एवं धार्मिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल–बङ्गाल पर्यटन सर्किट’बारे विचारविमर्श हुने भएको छ ।