global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ३९ दिनको लागि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो ३ वर्षयता लगातार तरलता प्रशोचन गरीरहेको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ‘राष्ट्र बैंक ऋणपत्र’ मार्फत समेत २ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

बुधबार जारी हुने निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपककरणमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

बैंकहरुले निक्षेप संकलन बोलकबोलमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिने सक्नेछन् । निक्षेप संकलन उपकरणलाई बैंकहरुले राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु