गृहपृष्ठ डिप्रोक्स लघुवित्तको ३० हजार कित्ता सेयर बिक्रीमा
डिप्रोक्स लघुवित्तको ३० हजार कित्ता सेयर बिक्रीमा
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी महिला आदर्श सेवा केन्द्रको नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार अन्य जो कोही व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १२:०५ बजे



















