global ime bank Long Banner Ad

गृहपृष्ठ बादललाई दलको नेता बनाउन ओलीको निर्देशन

बादललाई दलको नेता बनाउन ओलीको निर्देशन

बादललाई दलको नेता बनाउन ओलीको निर्देशन

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज संसदीय दलको नेता चयन गर्दैछ । यसका लागि दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बस्ने तय भएको छ ।

पार्टी स्रोतका अनुसार अध्यक्ष ओलीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संसदीय दलको नेतामा अघि सार्ने चाहना व्यक्त गरेका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनलाई भेट्न पुगेका नेताहरूसँग ओलीले बादललाई नेता बनाउन निर्देशन दिएको बताइएको छ ।

यद्यपि, दलभित्र यस विषयमा एकमत देखिएको छैन । केही पदाधिकारी र सांसदहरूले नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै फरक धारणा राखेका छन् ।

एक सांसदका अनुसार संसदीय दलको नेता को हुने भन्ने विषय अझै टुंगो लागेको छैन र अध्यक्षको चाहना भए पनि बहुसंख्यक नेताहरू नयाँ अनुहारको पक्षमा देखिएका छन् । त्यस्तै, एक उपाध्यक्षले पनि बादलको नाममा अझै सहमति नबनेको संकेत गरेका छन् ।

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु