काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोरङमा पाँच लाख पाँच हजार जनाले मतदान गरे

2.08K
shares

मोरङका छवटा निर्वाचन क्षेत्रमा कूल पाँच लाख पाँच हजार ५१४ अर्थात् ६४ दशमलव ५६ प्रतिशतले मतदान गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दुई लाख ४३ हजार ३१६ पुरुष, दुई लाख ६२ हजार १९६ महिला र अन्य दुई जना गरी पाँच लाख पाँच हजार ५१४ ले मतदान गरेका हुन् ।

मोरङको क्षेत्र नं १ मा ६० दशमलव ३६, क्षेत्र नं २ मा ६२ दशमलव ९७, क्षेत्र नं ३ मा ६१ दशमलव १७, क्षेत्र नं ४ मा ६७ दशमलव १५, क्षेत्र नं ५ मा ७१ दशमलव २८ र क्षेत्र नं ६ मा ६६ दशमलव ५६ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

जिल्लामा सात लाख ८३ हजार ५० मतदाता छन् । यहाँ आठ सय ८८ मतदान केन्द्र कायम गरिएको थियो ।