गृहपृष्ठ बालेन भोलि मात्रै झापा जाने
बालेन भोलि मात्रै झापा जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज झापा नपुग्ने भएका छन् ।
बिहान उनलाई लिएर झापा हिँडेको हेलिकोप्टर सुरक्षा चुनौति देखाइएपछि बीचबाटै फर्काइएको थियो ।
बालेनको सचिवालयका अनुसार उनी आज काठमाडौंमै रहने छन् । भोलि बिहान झापा जाने कार्यक्रम तय भएको बालेनका निकट सहयोगी कुमार बेनले जानकारी दिए ।
प्रकाशित समय : १४:४३ बजे



















