अब नागरिक एपमा भोटर कार्ड हेर्ने सुविधा उपलब्ध
वि.सं.२०८२ फागुन १५ शुक्रवार १७:२०
shares

नागरिक एपमा अब नागरिकहरूले आफ्नो भोटर कार्डको विवरण एपमार्फत् सजिलै हेर्न सक्ने सुविधा उपलब्ध भएको छ।
एपमा आफ्नाे भोटर कार्ड हेर्न सक्ने सुविधा उपलब्ध रहेकाे छ । यसका लागि एपको भर्जन 2.0.91 अपडेट अनिवार्य हुनुपर्नेछ ।
नागरिकले एपमा लगइन गरी आफ्नो प्रोफाइलमा गएर ‘भोटर विवरण / Voter Card’ सेवा चयन गरेपछि आफ्नो विवरण हेर्न सक्नेछन्। आवश्यक परेमा विवरणको स्क्रिनसट पनि लिन सकिने सुविधा राखिएकाे छ ।

























