global ime bank Long Banner Ad

गृहपृष्ठ युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल

युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल

युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल

काठमाडौं । युवालाई स्वरोजगार र स्थायी आम्दानीको अवसर सिर्जना गर्ने लक्ष्यसहित आरवाईडी नेपालले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ ।

कम्पनीले सवारी साधन सेवामा संलग्न राइडरहरूको आय बढाउने र सुरक्षित सेवा सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंको कपन क्षेत्रमा अत्याधुनिक वर्कसप सञ्चालन गर्ने तयारी गरेको समेत जनाएको छ ।

कम्पनीका अध्यक्ष अभिषेक खत्तिवडाका अनुसार, राइडरलाई कमाइमा केन्द्रित बनाउने लक्ष्यसहित कम्पनीले पूर्वाधार विस्तार, सेवा सुधार तथा सहयोग कार्यक्रमहरू अघि बढाइरहेको छ । उनले आगामी दिनमा राइडर मात्र नभई अन्य ग्राहकलाई समेत लक्षित गरी सेवा विस्तार गरिने बताए ।

सुरुवातमा ५० वटा बाइकबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्ना सवारी साधन १ सय पु-याएको छ । नयाँ वर्कसप सञ्चालनपछि नियमित मर्मत–सम्भार सहज हुने, बाइकको सुरक्षा तथा कार्यक्षमता सुधार हुने कम्पनीको अपेक्षा छ ।

आरवाईडी नेपालले नयाँ बाइक भाडामा उपलब्ध गराउँदै युवालाई रोजगारी सिर्जना गर्ने प्लेटफर्मको रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको छ । पुराना र जीर्ण बाइकको झन्झट हटाउँदै कम्पनीले ब्रान्ड–न्यू बाइक उपलब्ध गराउने नीति लिएको छ, जसले राइडरलाई मर्मत खर्चको तनावबाट मुक्त गर्ने विश्वास लिएको छ ।

राइडरहरूले पहिलो दिनदेखि नै आम्दानी सुरु गर्न सक्ने गरी कम्पनीले प्रतिदिन ८०० रुपैयाँ मात्र भाडा निर्धारण गरेको छ । साथै, डेढ वर्षभित्र आफ्नै बाइकको मालिक बन्न सक्ने मोडलसमेत तयार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले राइडरलाई हेल्मेट, फोन होल्डर, रेनकोटसहित सुरुवाती चरणमा १५०० रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराउनेछ ।

आरवाईडी नेपालको लक्ष्य केवल बाइक भाडा सेवा प्रदान गर्ने कम्पनी बन्ने मात्र नभई युवाको भविष्य निर्माणमा सहयात्री बन्ने रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित समय : १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु