गृहपृष्ठ मतपत्र छपाइस्थलमा प्रधानमन्त्री कार्की
मतपत्र छपाइस्थलमा प्रधानमन्त्री कार्की
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साेमबार बसकाे मन्त्रिपरिषद्काे बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की । तस्बिर साैजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
प्रधानमन्त्री सुशीला कार्की मतपत्र छपाइ भइरहेको स्थलको निरीक्षणका लागि पुगेकी छन् । उनी केही बेरअघि भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेकी हुन् ।
निर्वाचन आयोगले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरेको छ । यसअघि पनि सोही छापाखानाबाट मतपत्र छापिँदै आएको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मतपत्र छपाइको प्रगति र अवस्था बुझ्न प्रधानमन्त्री कार्की जनक शिक्षा पुगेकी हुन् ।
प्रकाशित समय : १६:२७ बजे



















