काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सांसदका रूपमा मैले आफ्नो निर्वाचन क्षेत्रको विकासमा सधैँ ध्यान दिएको छुः महामन्त्री पौडेल

4.03K
shares

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सांसदका रूपमा आफूले काठमाडौं क्षेत्र नं ५ को विकासमा सधैँ ध्यान दिएको बताएका छन ।

आज यहाँ निर्वाचन क्षेत्रअन्तर्गत बालुवाटारमा भएको कार्यक्रममा उनले आफूले तीन वर्षमा सम्भवसम्मका काम गर्न ध्यान दिएको बताएका हुन । “मैले काठमाडौं–५ मा निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयनका लागि हरसम्भव प्रयास गरेको थिए, त्यसका आधारमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु”, महामन्त्री पौडेलले भने ।

उनले आफू सांसद रहँदा विष्णुमति करिडोको रेखाङ्कन गरेर सडक निर्माणलगायत काम सुरुआत गरेको भन्दै ती कामको पर्याप्त प्रचार भने हुन नसकेकाले जिकिर गरे । महामन्त्री पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भइरहेको बताए ।