काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रूसी आक्रमण पछि किएभका पाँच हजार भन्दा बढी भवन विद्युत विहीन :मेयर

1.85K
shares

युक्रेनको राजधानीमा भएको रुसी हवाई आक्रमणले हजारौं आवासीय भवनहरू माइनस १४ डिग्री तापक्रमको समयमा पनि विद्युत विहिन भएको मेयर भिटाली क्लिट्स्कोले मङ्गलबार बताएको छ ।

आक्रमण पछि, पाँच हजार ६३५ वटा आवासीय भवनहरू उर्जा विहिन भएको उनले टेलिग्राम मार्फत उल्लेख गर्दै सहरको ठुलो भाग पानी विहीन भएको बताएको छ ।

आक्रमणमा एक जना महिला घाइते भएर अस्पतालमा भर्ना भएको पुष्टि गर्दै क्लिट्स्कोले प्राथमिक विद्यालय सहित धेरै भवनहरू क्षतिग्रस्त भएको जनाएको छ ।

चार वर्ष अघि युक्रेनमा आक्रमण सुरु भए देखि मस्कोले किएभको उर्जा ग्रिडमा गरेको सबैभन्दा खराब आक्रमणको करिब १० दिन पछि यी नयाँ आक्रमणहरू भएका हुन् ।

जनवरी–९ मा गरिएको आक्रमणले ऊर्जा सुविधाहरूलाई लक्षित गरेको थियो, जसले आधा सहरलाई तापबाट वञ्चित गरेको छ भने धेरै बासिन्दाहरूलाई चिसो मौसममा बिजुली विहीन बनाएको जनाइएको छ ।

सोमबार – मङ्गलबार सम्म रुसले सहर र यसको क्षेत्रमा क्रुज मिसाइलहरू प्रक्षेपण गर्नु अघि लामो दूरीको लडाकू ड्रोनहरू फायर गरेको जनाइएको छ ।

स्थानीयहरुलाई उदृत गर्दै सहरको केन्द्रमा धेरैवटा विस्फोटको आवाज सुनिएको एएफपीले जनाएको छ ।

“सहरका घरहरूमा पानी र बिजुली पुनस्र्थापना गर्न नगरपालिका र ऊर्जा सेवाहरूले काम गरिरहेको क्लिट्स्कोले बताएको छ ।

रुसले आफ्नो आक्रमण सुरु भए देखि नै युक्रेनको ऊर्जा प्रणालीलाई दबाउँदै आएको छ भने किएभका अनुसार, युक्रेनीहरूको मनोबल घटाउने र प्रतिरोध गर्ने प्रयास गरिरहेको छ । रासस