global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ इनफिनिक्सले नेपालमा XPAD 20 Pro ल्यायो — काम, पढाइ र मनोरञ्जनका लागि दमदार ठुलो स्क्रिन ट्याब्लेट

इनफिनिक्सले नेपालमा XPAD 20 Pro ल्यायो — काम, पढाइ र मनोरञ्जनका लागि दमदार ठुलो स्क्रिन ट्याब्लेट

इनफिनिक्सले नेपालमा XPAD 20 Pro  ल्यायो — काम, पढाइ र मनोरञ्जनका लागि दमदार ठुलो स्क्रिन ट्याब्लेट

काठमाडौं । नेपालस् इनफिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट XPAD 20 Pro आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ठुलो स्क्रिन, राम्रो प्रदर्शन र स्मार्ट फिचरको संयोजनसहित यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जन सबैका लागि उपयुक्त बनाइएको छ।

XPAD 20 Pro मा १२ इन्चको 2K डिस्प्ले र ९०Hz रिफ्रेस रेट रहेको छ, जसले भिडियो हेर्दा, पढ्दा वा गेम खेल्दा स्क्रिन निकै स्मूथ र क्लियर देखिन्छ। ÜV Rheinland Eye Care सर्टिफिकेसन भएकाले लामो समय प्रयोग गर्दा पनि आँखालाई थकाइ हुँदैन। त्यसैले विद्यार्थी, अफिस जानेहरू र परिवार सबैका लागि उपयोगी छ।

यस ट्याब्लेटमा Helio G100 Ultimate प्रोसेसर जडान गरिएको छ, जसले एकैचोटि धेरै काम गर्न, गेम खेल्न र दैनिक प्रयोगमा राम्रो परफर्मेन्स दिन्छ। इनबिल्ट 4G सपोर्ट भएकाले Wi-Fi नभए पनि जहाँसुकै इन्टरनेट चलाउन सकिन्छ।

XPAD 20 Pro मा Infinix AI पनि दिइएको छ। यसले लेख्न सहयोग गर्ने, अनुवाद गर्ने, लामो सामग्री छोट्याएर देखाउने र स्क्रिनमा देखिएको कुरा चिन्ने जस्ता स्मार्ट कामहरू सजिलै गर्न मद्दत गर्छ।

मनोरञ्जनका लागि यस ट्याब्लेटमा ४(स्पिकर सिम्फनी सिस्टम जडान गरिएको छ, जसले चलचित्र, गेम र संगीतका लागि वास्तविक ३६०(डिग्री साउन्ड अनुभव प्रदान गर्छ। साथै, ६.५८mm अल्ट्रा(स्लिम मेटल युनिबडी डिजाइनले प्रिमियम लुक र हातमा मजबुत अनुभूति दिन्छ।
यो ट्याब्लेटले Multi-Device Collaboration पनि सपोर्ट गर्छ, जसबाट मोबाइल र ट्याब्लेटबीच फाइल सेयर गर्न, स्क्रिन कास्ट गर्न र कामलाई अझ सजिलो बनाउन सकिन्छ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु