global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहक महानुभावहरुका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहक महानुभावहरुका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहक महानुभावहरुका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु-याएको छ । २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहक महानुभावहरुले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नुहुनेछ ।

ग्राहक महानुभावहरुले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नुहुनेछ । बैंकले मुलुकभरका विभिन्न शाखाहरुमा ग्राहक महानुभावहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहक महानुभावहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु