काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महानगरद्वारा पशुचौपायालाई निःशुल्क खोप

1.97K
shares

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआररस्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो । विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फार्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए ।

सबै वडामा किसानले पालेका २४ हजार १०० खसीबाख्रालाई पिपीआर खोप लगाइनेछ । त्यस्तै सुँगुर–बङ्गुरलाई एक हजार १०० डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए ।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले यस किसिमको खोपबाट पशुमा अनाहक रूपमा लाग्ने रोगलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।