global ime bank Long Banner Ad

गृहपृष्ठ हरित र डिजिटल रूपान्तरणमा चीनको बोहाई तेल क्षेत्रको उपलब्धि

हरित र डिजिटल रूपान्तरणमा चीनको बोहाई तेल क्षेत्रको उपलब्धि

हरित र डिजिटल रूपान्तरणमा चीनको बोहाई तेल क्षेत्रको उपलब्धि

चीनको सबैभन्दा ठूलो समुद्री तेल क्षेत्र ‘बोहाई तेल क्षेत्र’ ले सन् २०२५ मा चार करोड टन तेल उत्पादन गरी ऐतिहासिक रेकर्ड कायम गरेको चीन राष्ट्रिय समुद्री तेल निगमले आइतबार जनाएको छ ।

उत्पादन र क्षेत्रफल दुवैमा अगुवा रहेको यो तेल क्षेत्रको रेकर्ड उत्पादनले राष्ट्रिय ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उच्च गुणस्तरीय आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पु¥याउने कम्पनीले जनाएको छ ।

बोहाई तेल क्षेत्र हाल ६० भन्दा बढी उत्पादनरत तेल र ग्यास क्षेत्रहरू सञ्चालनमा राखेको छ र यसले अहिलेसम्म ६० करोड टनभन्दा बढी कच्चा तेल उत्पादन गरिसकेको छ । पछिल्ला पाँच वर्षमा यसको तेल र ग्यास उत्पादन वार्षिक रूपमा पाँच प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीका अनुसार बोहाई तेल क्षेत्रले आफ्नो डिजिटल र हरित रूपान्तरणलाई पनि तीव्र बनाएको छ । प्रमुख उपकरणहरूको स्थानीयकरणमा प्रगति भएको छ, जसमा चीनको पहिलो घरेलु विकास गरिएको उथलो पानीमा उत्पादन प्रणाली समेत समावेश छ । साथै, बोहाई तेल क्षेत्रका ८० प्रतिशतभन्दा बढी तेल क्षेत्रहरू स्थल विद्युत स्रोतसँग जोडिएका छन् ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु