global ime bank Long Banner Ad

गृहपृष्ठ सर्वसाधरणको लागि शेयर निष्काषन गर्दै एनपिआई नारायणी सामुदायिक हस्पिटल

सर्वसाधरणको लागि शेयर निष्काषन गर्दै एनपिआई नारायणी सामुदायिक हस्पिटल

सर्वसाधरणको लागि शेयर निष्काषन गर्दै एनपिआई नारायणी सामुदायिक हस्पिटल

काठमाण्डौ । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको सर्वसाधारणका लागि प्राथमिक शेयरको निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निश्काशन कार्यका लागि शेयर निश्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी ३ अर्व ५० करोड रुपैयाँ रहेको यस एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्नेभएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक श्री चुडामणी खनालले जानकारी गराए ।
हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडको स्थापना वि.सं. २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्व रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

आज भएको सो सम्झौतामा एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको थियो । हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठज्यूहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु