global ime bank Long Banner Ad

गृहपृष्ठ ‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने

‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने

‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने

काठमाडौं । घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।

फिल्म डिसेम्बर १३ (शनीवार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको । मलेसियामा व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले फिल्मको मलेसिया प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

उनका अनुसार मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत भएकाले उनीहरूको सुविधालाई ध्यानमा राख्दै शो तालिका तय गरिएको छ ।

भट्टराईका अनुसार, ‘मलेसियामा धेरै नेपाली श्रमिक दिनभर काममा व्यस्त हुने भएकाले उनीहरूका लागि चलचित्र मज्जाले मनोरञ्जन र तनाव न्यूनीकरण गर्ने माध्यम बन्न सक्छ। तलब आउने समय नजिकिएकाले रिलिज पनि सोही हिसाबले मिलाइएको हो ।’

नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकै साथ रिलिज भएको फिल्म अहिले यूरोप तथा मध्यपूर्वका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । साथै, युके, दक्षिण कोरिया र थाइल्यान्डमा पनि रिलिज प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

अनमोल केसीको करियरकै सर्वाधिक कमाइ गर्ने फिल्म मानिएको ‘जेरी अन टप’ अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै रुचाइँदै आएको छ । सुयोग गुरुङको निर्देशन तथा अनन्या फिल्म्सको ब्यानरमा बनेको फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु