काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1.55K
shares

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ ।

यी दुवै कम्पनीले भोलि मंसिर ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

एनआरएनले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारितका लागि पुस ४ गते काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे १३ औं वार्षिक साधारणसभा बस्दैछ।

त्यस्तै, शिवम् सिमेन्टले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि मंसिर २५ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहान साढे १० बजेदेखि १०औं वार्षिक साधारणसभा बस्दैछ।