काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मितेरी डेभलपमेन्ट बैंकले जम्मा गर्‍यो सेयरधनीको खातामा लाभांश

2.23K
shares

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको छ ।

बैंकले मंसिर ६ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।

बैंकको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो । डिम्याट खातामा बैंक खाता अद्याधिक भएको सेयरधनीहरूलाई मंसिर ७ गतेदेखि नगद लाभांश पठाउन शुरू गरिएको बैंकले जनाएको छ ।

साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई यथाशीघ्र अध्यावधिक गर्न आग्रह गरेको छ ।