गृहपृष्ठ सुपर मादिको लाभांश घोषणा, साधारण सभा बोलायो
सुपर मादिको लाभांश घोषणा, साधारण सभा बोलायो
सुपर मादि हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले पुस ४ गते १६औँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
प्रकाशित समय : ११:३२ बजे



















