global ime bank Long Banner Ad

गृहपृष्ठ ब्राजिलमा कोप-३० आयोजना सम्मेलन स्थलमा आगलागी

ब्राजिलमा कोप-३० आयोजना सम्मेलन स्थलमा आगलागी

ब्राजिलमा कोप-३० आयोजना सम्मेलन स्थलमा आगलागी

ब्राजिलको भालेममा जारी संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप ३० का क्रममा आगलागी भएको छ। एक्कासी आगलागी भएपछि तत्काल स्थल खाली गर्नु परेको छ। यद्यपि, आगो चाँडै नियन्त्रणमा ल्याइएको छ।

आगो एउटा मण्डपमा लागेको थियो। लगभग छ मिनेटभित्र आगो नियन्त्रणमा ल्याइएको बताइएको छ। आगो लाग्ने वित्तिकै मानिसहरूलाई तुरुन्तै बाहिर निकालिएको थियो।

संयुक्त राष्ट्रसंघले आगो छ मिनेटभित्र निभाइएको र धुँवाको मुस्लोमा निसास्सिएका १३ जनाको उपचार गरिएको बताएको छ। आगलागीको कारण भने अझै खुलेको छैन।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनको वार्षिक कोप ३० जलवायु शिखर सम्मेलन नोभेम्बर १० जारी छ। सम्मेलनमा १९० भन्दा बढी देशका हजारौं मानिसहरू सहभागी छन्।

प्रकाशित समय : ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु