global ime bank Long Banner Ad

गृहपृष्ठ नेपथ्य ब्यान्ड ओसाका जाँदै नेपथ्य

नेपथ्य ब्यान्ड ओसाका जाँदै नेपथ्य

नेपथ्य ब्यान्ड ओसाका जाँदै नेपथ्य

टोकियो । टोकियो डोम सिटी हलमा नेपथ्य ब्यान्डले गरेको दोस्रो प्रस्तुति उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। मंगलबार जापानको प्रतिष्ठित यो हलमा नेपथ्यले प्रस्तुति दिँदा हल खचाखच भरिएको थियो।

गायक अमृत गुरुङका लोकप्रिय गीतमा विभिन्न उमेर र पृष्ठभूमिका नेपालीहरू दर्शक खुलेर रमाएका थिए ।

टोकियो र नागोयामा प्रस्तुति सकाइसकेपछि अब ब्यान्ड ओसाकातर्फ जाँदै छ। आगामी नोभेम्बर २४ मा जेप ओसाका बे साइड’ हलमा जापान यात्राको अन्तिम कन्सर्ट हुने आयोजकले जानकारी दिएका छन्।

कन्सर्टका टिकट नेपथ्यको आधिकारिक वेबसाइटबाट अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले बताएका छन्।

प्रकाशित समय : ०५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु