मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:०९
shares

काठमाडौं । संसदीय समितिले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार (कात्तिक २७) सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकबाट सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिइएको हो ।
सरकारका तर्फबाट बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी थिए । मन्त्री अर्यालसँग समितिले आउँदो निर्वाचनको तयारीबारे जानकारी लिएको छ ।

























