विशेष महाधिवेशनमा जानुपर्ने कांग्रेस महिला नेतृहरुको जोड (भिडियो सहित)
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:१४
shares

काठमाडौं । नेपाली कांग्रेसका महिला नेतृहरुले फागुण २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा आयोजित महिला भेला कार्यक्रममा नेतृ कुसुम थापा मगरले नेपाली कांग्रेस पटक –पटक सत्तामा गएर पनि कार्यकर्ता र जनतालाई सम्बोधन गर्न नसकेको कारण जेनजी आन्दोलन भएको भन्दै विशेष महाधिवेशन गरेर चुनावअगाडि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।
नेपाली कांग्रेसको यही नेतृत्वले चुनावमा गयो भने पार्टी अझ संकटमा जाने भएकाले हालको नेतृत्व परिवर्तनको माग गरिरहेको बताइन् । उनले विशेष महाधिवेशनको माग राखेर आफूहरुले ५५ प्रतिशत लिखित हस्ताक्षर संकलन गरेर पार्टीलाई निवेदन दिएको जानकारी दिइन् ।
उनले भनिन्,‘कांग्रेस मात्रहोइन् देश आज संकटमा छ । देश र पार्टीको परिस्थिति फेरिएको छ । कांग्रेस पटक–पटक सत्तामा बस्यो तर सत्ता चलाउँदै गर्दा पार्टीका कार्यकर्ता र जनतालाई सम्बोधन गर्न सकेन । जसका कारण जेनजी आन्दोलन भयो । जसको परिणाम स्वरुप फागुण २१ गते आम चुनावको घोषणा भएको छ । तर पार्टीको यही नेतृत्व चुनावमा गयो भने पार्टी अझ संकटमा जान्छ । हाल नेतृत्व परिवर्तनको लागि विशेष महाधिवेशनको माग राखेर ५५ प्रतिशत लिखित हस्ताक्षर संकलन गरेर पार्टीलाई निवेदनदिएकाछौं ।’
त्यस्तै अर्की नेतृ रेखा यादवले सरकार र संसदमा हुुँदापनि देशमायत्रो ठूलो विध्वंस हुँदैछ भनेर थाहा नपाउनेहरु कांग्रेस कार्य समितिमा बस्नन हुने बताइन् । उनलेफेरि पनि कार्य समितिमा बस्ने अधिकार नभएको भन्दै नैतिकताका आधारमा स्वत राजीनामा दिनुपर्ने बताईन् ।
उनले भनिन्,‘कांग्रेसले पत्तो पाएन देशमायत्रो ठूलो विध्वंस हुँदैछ भनेर । सभापति माथि सांघातिक हमला हुँदा पनि,सरकारमा भएर पनि, संसदमा भएर पनि केही थाहा पाउनु भएको छैन् । त्यसैले अधिकार छैन् कार्य समितिमा फेरी पनि बस्ने ।स्वत नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो ।’
त्यस्तै उनले केपीशर्मा ओली जस्तो घिन लाग्दो मान्छेलाई बोकेर कांग्रेस उसको इसारामा नाचेको कारण आफूहरुले विशेष महाधिवेशनको माग गर्नुपरेको धारणा राखिन् ।
त्यस्तै पद्यम कन्या क्याम्स सभापति भूपि ऐरले महाधिवेशन राजनीतिक प्रकृयाको लागि मात्र नभएर समानता,पारदर्शिता लोकतान्त्रिकताका लागि पनि आवश्यक रहेको बताइन् । कार्यक्रममा एलिजा ढकाल, झला विश्वकर्मा, निमा गिरी लगतायतले आफ्नो धारणा राखेका थिए ।

























