गृहपृष्ठ सरकार देशलाई चुनावतर्फ नभई संकटतर्फ लैजाँदै छ- महासचिव पोखरेल
सरकार देशलाई चुनावतर्फ नभई संकटतर्फ लैजाँदै छ- महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार देशलाई चुनावको दिशातर्फ होइन, गहिरो राजनीतिक संकटतर्फ धकेलिरहेको आरोप लगाएका छन् ।
लोकप्रिय नेताहरूलाई लक्षित गरेर स्थान हद गर्ने निर्णयहरूको कारण मुक्त र निष्पक्ष चुनावको वातावरण नबन्ने भन्दै उनले यसले मुलुकमा गम्भीर अस्थिरता निम्त्याउने दाबी गरे ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रतिनिधि सभाको पुनर्स्थापना नै देशलाई संकटबाट निकाल्ने पहिलो र मुख्य उपाय भएको बताए ।
उनले भने, “संविधानलाई सही बाटोमा ल्याएपछि मात्रै ०८४ मा चुनाव गर्नुपर्ने बाध्यता हुँदैन, आवश्यक परे अर्ली इलेक्सनमा जान सकिन्छ। तर यसको पहिलो शर्त प्रतिनिधि सभाको पुनर्स्थापना हो ।”
एमाले कमजोर भइसकेको भन्ने प्रचारलाई हालैका प्रदर्शनहरूले पूर्णतः खण्डन गरेको उल्लेख गर्दै उनले वडास्तर र पालिकास्तरमा भएको एमालेका कार्यक्रमले लाखौँ नागरिकको उत्साही सहभागिता देखाएको बताए ।
देशमा चलेको नवयुवाको आन्दोलनमा बाह्य घुसपैठ गराएर स्थितिलाई राज्यविहीनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप पनि उनले लगाए ।
प्रकाशित समय : १५:०३ बजे



















