काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपा मकवानपुरको जिल्ला अधिवेशन मङ्सिरमा, दुवै क्षेत्रमा बहुमत ल्याउने तयारी

2.81K
shares

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले मङ्सिरको पहिलो या दोस्रो हप्तामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनमा जिल्लाका सबै दश स्थानीय तहको प्रतिनिधित्व रहने र सशक्त ढंगले तयारी भइरहेको कार्यवाहक अध्यक्ष सागर थापाले बताएका छन् ।

थापाले भने, ‘गत निर्वाचनमा जसरी राप्रपाको वर्चस्व बनेको थियो, त्यसरी नै यसपटक पनि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा हामी बलियो उपस्थितिका साथ जानेछौँ ।’

उनका अनुसार आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपाले मकवानपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ दुवैमा उम्मेदवार उठाउनेछ र बहुमतसहित विजय हासिल गर्ने लक्ष्य लिएको छ ।

थापाले हालको राजनीतिक परिवेश र जनभावनाको आधारमा राप्रपा देशको सबैभन्दा ठूलो दल बन्ने संकेत स्पष्ट देखिएको उल्लेख गरे ।

उनले भने, ‘राप्रपा अब जनताको वैकल्पिक मात्र होइन, मुख्य शक्ति बन्ने दिशामा अघि बढिसकेको छ ।’ राप्रपाले हाल पार्टी संगठन सुदृढीकरण र सदस्यता विस्तार अभियानलाई तीव्रता दिएको छ । अधिवेशनपछि प्रदेश र केन्द्रीय महाधिवेशनको तयारी समेत अघि बढाइने बताइएको छ ।