काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘रेडीयोग्राफीको प्रयोग गरेर गर्भमा भएको भ्रुणको लिंग पहिचान गर्ने गैरकानुनी काम बन्द हुनुपर्छ’ – डा.विष्णु सिक्देल

4.49K
shares

काठमाडौं । नोभेम्बर ८ तारिक विश्व रेडियोग्राफी दिवस । हरेक वर्ष विश्व रेडियोग्राफी दिवस मनाइदै आएको छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् ।
हरेक वर्ष झैं यो वर्ष पनि ‘सीइङ द अनसिन’ भन्ने थिमकासाथ नेपालमा पनि विश्व रेडियोग्राफी दिवस मनाउन लागेको रेडियोलोजिस्ट डा.विष्णु सिक्देलले बताए ।

उनले ‘सीइङ द अनसिन’ थिम जसको अर्थ जुन कुरा सामान्य आँखाले देखिँदैन, त्यो कुराहरू हामी रेडिएसनको माध्यमबाट, एक्स रेजहरू अथवा अरू कुनै रेजहरू प्रयोग गरेर देखिन्छ भन्ने रहेको बताए।

त्यस्तै उनले रेडिओलोजिस्ट, रेडियोग्राफरहरू र टेक्नोलोजिस्टहरू नेपालमा एकदमै कम रहेको बताए । स्कोप भएपनि प्राय यो फिल्डबाट जनशक्ति पलायन हुने अवस्था देखिएको भन्दै उनले रेडियोलोजिस्टरुको मनोबल बढाइ स्वदेशमा अवसर दिनुपर्ने धारणा राखे ।

मुख्य थिम ‘सीइङ द अनसिन’
‘सीइङ द अनसिन’ भन्ने थिमको साथ दिवस मनाउँदै छौं । यसको अर्थ जुन कुरा सामान्य आँखाले देखिँदैन, त्यो रेडिएसन थ्रु, एक्स रेजहरू अथवा अरू कुनै रेजहरू प्रयोग गरेर देख्छौँ । त्यसलाई नै एउटा थिम बनाएर यस वर्ष रेडियो ग्राफिक डे मनाइरहेका छौं । कुनै सोर्सबाट हामी रेडिएसन निकाल्छौं, त्यो सोर्सको अगाडिपट्टि हामी मान्छेको शरीर राख्छौँ । अनि हामीले त्यो ठाउँबाट रेजलाई पास गर्छौं । पास गरेपछि मान्छेको शरीरमा रेज ठोकिन्छ । रेजहरूलाई क्याप्चर गर्ने खालको प्लेट त्यहाँ राखिएको हुन्छ । रेज फालेपछि हाम्रो शरीरमा त्यो रेज ठोकिन्छ, ठोक्किएपछि त्यसले छायाँ (स्याडो) बनाउँछ । सो छाँया बनेको रूपलाई एक्स रे भनेर फिल्मको रूपमा डेभलप गर्छौं । त्यसले शरीरको कुन चाहिँ अंगमा कति एक्स रेज ठोक्कियो र कति एक्स रेज पास भएर गयो भनेर इमेजहरू बनाउँछौँ । सोही आधारमा बनेका इमेजहरूलाई इन्टरप्रेट गर्छौँ । त्यसबाट समस्या पत्ता लगाउँछौं ।

रेडियोलोजी जनशक्तिको सवाल
रेडिएसनसँग अथवा रेडियोलोजीसँग सम्बन्धित जनशक्ति विभिन्न तहमा विभाजन गरिएको हुन्छ । हाम्रा कामहरू दुई–तीन तहमा हुन्छ । पहिले इमेजहरू लिने, इमेजलाई प्रोसेस गर्ने, कम्प्युटरमा ट्रान्सफर गर्ने अनि त्यसलाई इन्टरप्रेट गर्ने काम हुन्छ । यस्ता कामहरु गर्नका लागि नेपालमा रेडियोग्राफर र रेडियोलोजिस्टहरु हुनुहुन्छ । इमेज क्याप्चर गरेर कम्प्युटरसम्म पुर्याउने र त्यो इमेजहरूलाई इन्टरप्रेट गर्ने काम रेडियोलोजिस्टहरूले गर्नुहुन्छ । देखिएको समस्याहरुको पहिचान रेडियोलोजिस्टले गर्नुहुन्छ । रेडियोग्राफरहरू, रेडियोलोजिस्ट टेक्नोलोजिस्ट अनि रेडियोलोजिस्टहरू नेपालमा सक्रिय हुनुहुन्छ ।

जनशक्तिको अभाव र सेवा
अहिले नेपालमा रेडियोलोजिस्टको संख्या तीनदेखि पाँच सयको हाराहारीमा होला । रेडियोलोजिस्टहरू एकदमै कम छन् । रेडिओलोजिस्ट मात्र होइन, रेडियोग्राफरहरूको पनि संख्या कम छ । स्कोप राम्रो भएपनि जनशक्ति कम छ । तर फिल्डबाट जनशक्ति पलायन हुने अवस्था देखिएको छ । पारिश्रमिक न्यून भएका कारण जनशक्ति टिक्न सकिरहेको छैन् । यसको मुख्य कारण भनेको पारिश्रमिक नै हो । उहाँहरूले यहाँ कमाएको भन्दा बाहिर धेरै कमाउनुहुन्छ । त्यति नै मेहेनत गरेर यहाँ किन बस्ने भन्ने हुन्छ । त्यही भएर पनि प्राय बाहिर पलायन भएको अवस्था छ ।

रेडियसनको मात्रै कुरा गर्दा यसबाट एक्स–रे साथै त्यही रेडियसनहरू युज गरेर सिटी स्क्यान पनि प्रयोग गर्न सक्छौं । अर्को रेडियसन भनेको क्यान्सरको ट्रिटमेन्ट, थेरापीमा प्रयोग गर्न सक्छौं । किनभने एक्स–रे मेसिनहरू पनि त्यति महँगो पनि हुँदैन र एक्स– इन्टरप्रेट गर्न रेडियोलोजी नै चाहिन्छ भन्ने छैन । मेडिकल अफिसरहरू साथै अरु कन्सल्टेन्टहरूले ओभरभ्यु गर्न सक्नुहुन्छ । त्यसैले ग्रामीण भेगमा पनि एउटा एक्स–रे मेसिन पुर-उन सक्यौँ भने पनि, धेरै इमर्जेन्सी कन्डिसनहरूलाई पत्ता लगाउन सक्छौँ ।

एक्स–रे र सिटी स्क्यानको असर
एक्स रे आफैँमा एउटा हानिकारक हो । एक्स–रेले शरीरलाई असर गर्छ । तर कति मात्रामा त्यसलाई प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । एकदुई पटकले फरक पर्दैन् । हरेक पटक एक्सपोजर गरियो भने शरीरका हेल्दी कोषहरूलाई असर गर्ने संभावना छ । त्यसले पछि क्यान्सरहरू जस्तो समस्याहरू आउन सक्ने सम्भावनाहरू हुन्छ । गर्भवती अवस्थामा एक्स–रेजहरू नगर्ने, रेडियसन भएको वरिपरि नजाने भन्ने गर्छौ । किनभने, एक्स–रेले पेटमा भएको बच्चालाई असर गर्नसक्छ । बच्चाको सेल्सहरूमा असर पार्न सक्छ । सिटी स्क्यान धेरै गर्दा घातक हुनसक्छ । सिटी स्क्यान धेरै गर्नु हुँदैन। एक्स–रे पनि खास त्यति धेरै गर्नु हुँदैन ।

बच्चाहरूमा एक्स–रेहरूको एक्सपोजर त्यति धेरै दिनु हुँदैन । किनभने बच्चाहरूको सेल्सहरू राम्रोसँग डेभलप भइसकेको हुँदैन । एज बढ्दै गएपछि केही फरक पर्दैन । जति एज बढ्दै जान्छ, त्यति हाम्रो शरीरको असर कम गर्छ । सकेसम्म बच्चाहरूमा यसको प्रयोग कम गर्नुपर्छ ।

रेडियोलोजीमार्फत उपचार पनि गरिन्छ
रेडियोलोजीको काम एउटा टिमवर्कमा हुन्छ । एक्स–रेको ठाउँमा अल्ट्रासाउन्डहरू र एमआरआई पनि हुन्छ । यस्तो प्रविधिले रोग पत्ता लगाउने मात्र नभइ क्यान्सरको सेल मार्ने, शरीरमा भएको टिस्युहरुको वायस्पी लिन सकिन्छ । मासुहरुको जाँच गर्न सकिन्छ । शरीरमा भएको पानी निकाल्न सकिन्छ । मासु पलाएको छ भने त्यसको टिस्युहरु निकालेर तथ्य पत्ता लगाउन सकिन्छ । शरीर नचिरि वा नकाटी सानो प्वाँल पारेर, अल्ट्रासाउन्ड अथवा सिटी स्क्यानको मद्दतले उपचारहरु गर्न सकिन्छ ।

गैरकानुनी काम बन्द हुनुपर्छ
यस्तो प्रविधिबाट पेटमा भएको बच्चाको जेन्डर छुटाउने काम पनि गरिन्छ । त्यसलाई रोक्नको लागि कानुनी प्रक्रिया गर्नुपर्छ । जेन्डरको कुरा कानूनन त दण्डनीय हो । हाम्रो समाजमा छोरा र छोरी बीचको जुन भेदभाव त्यसलाई कन्ट्रोल गर्न गार्हो छ । रेडियोलोजीस्टहरुले पनि सकेसम्म अथवा कुनैपनि हालतमा भ्रुणहरुको कुरामा सचेत बन्नुपर्छ । कानूनी अपराध गर्नु ठिक हुँदैन् । पेटमा भएको बच्चालाई उसकै लैंगिकताको आधारमा हत्या गर्नु भनेको एक प्रकारको यो अमानवीय काम पनि हो । यस्तो कामलाई निरुत्साहित गर्नुपर्छ । एकदम कडाभन्दा कडा कानून पनि बनाउनुपर्छ । समाजमा हामीले के गर्नुपर्छ भने छोरा–छोरी भनेको बराबर हो चेतना फैलाउन आवश्यक छ ।

वल्र्ड रेडियोग्राफी डे को अवसरमा सम्पूर्ण रेडियोग्राफर, रेडियोलोजिस्ट, टेक्नोलोजिस्ट र रेडिएसनसँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरुले सचेत रहन आग्रह पनि गर्दछु । नयाँ नयाँ प्रविधिको प्रयोग गरेर आम नागरिकलाई सेवा दिन सकौं भन्न पनि चाहन्छु ।