global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रपतिद्वारा कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला

राष्ट्रपतिद्वारा कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला

राष्ट्रपतिद्वारा कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला

काठमाडौँ । कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन गएका राष्ट्रपति रामचन्द्र पौडेलले आज त्यहाँस्थित कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेललाई सङ्ग्रहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँका बारेमा अवगत गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेको हुन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ पुगेको हुन् ।

उनले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मंगलबार सम्बोधन गरे । साथै उहाँले सम्मेलनअन्तर्गत यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणस् गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई समेत सम्बोधन गरेका थिए ।

राष्ट्रपति पौडेलले मंगलबार नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको छ । भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु