काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थाइल्यान्ड–कम्बोडिया ’शान्ति सम्झौता’ हस्ताक्षरमा ट्रम्प सहभागी हुने

3.68K
shares

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको आगामी शिखर सम्मेलनमा हुने थाइल्यान्ड र कम्बोडियाबिचको शान्ति सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने आयोजक राष्ट्र मलेसियाका विदेश मन्त्री मोहम्मद हसनले मङ्गलबार बताएको छ ।

गत जुलाईमा थाइल्यान्ड र कम्बोडियाबिचको तनाव दशककै सबैभन्दा घातक सैन्य झडपमा परिणत हुँदा ४० जना भन्दा बढी मानिसहरु मारिनुका साथै करिब ३ लाख मानिसहरु विस्थापित भई आफ्नो घर छोड्न बाध्य भएको जनाइएको छ ।

लडाइँ पछि, पनि एक अर्कालाई बारम्बार युद्धविराम उल्लङ्घनको आरोप लगाएका दुबै राष्ट्रहरु पछिल्लो समयमा युद्धविराममा सहमत भएका छन् ।

डोनाल्ड ट्रम्प “थाइल्यान्ड–कम्बोडिया शान्ति सम्झौता हेर्न उत्सुक रहेको मोहम्मद हसनले क्वालालम्पुरमा पत्रकार सम्मेलनमा बताएको हो ।

अक्टोबर २६–२८ मा मलेसियाको राजधानीमा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको साझा सङ्गठन (आसियान) को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपतिले ट्रम्प पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले द्वन्द्व अन्त्य गर्ने “नवीन कूटनीति“ को श्रेय दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेको बताउनु भएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले गत हप्ता आफूले ट्रम्पबाट एउटा पत्र प्राप्त गरेको र दुई छिमेकी बिचको तनाव समाधान गर्न चाहेको बताएको थियो ।