गृहपृष्ठ सिटिजन्स बैंकको लाभांश घोषणा
सिटिजन्स बैंकको लाभांश घोषणा
सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घोषणा गरेको छ।
बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैंकले पाँच प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको हो।
बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ। बैंकले गत वर्ष चार प्रतिशत बोनस सहित कुल ४.२१ प्रतिशत लाभांश दिएको थियो। बैंकको सेयर अहिले दुई सय चार रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित समय : १२:४७ बजे


















