काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वेस्ट इन्डिजविरुद्ध खेल्ने भारतको टिम सार्वजनिक

4.12K
shares

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्तले घरेलु मैदानमै हुने वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाउने भएका छन् ।

बिहीबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा पन्त अटाउन सकेनन् । खुट्टाको चोटका कारण उनले वेस्ट इन्डिजविरुद्धको शृंखला गुमाउने भएका हुन् । पन्त अटाउन नसकेको टिमको कप्तानी शुभमन गिलले सम्हाल्ने छन् ।

पन्त गत फेब्रुअरीमा सम्पन्न इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलाका दौरान घाइते भएका थिए । त्यसयता उनी मैदान बाहिर थिए ।

वेस्ट इन्डिजसँगको शृंखला आगामी अक्टोबरदेखि सुरु हुनेछ । जसको पहिलो खेल आगामी अक्टोबर २ मा अहमदाबादमा हुनेछ । दोस्रो खेल अक्टोबर १० मा हुनेछ ।