काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

3.09K
shares

रामेछापमा आयुर्वेद तथा वैकल्पिक उपचारप्रति जनताको आकर्षण बढ्दै गएको छ । मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा दैनिक उपचार लिन आउने सेवाग्राहीको संख्या विगतको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।

पहिले मन्थली नगरपालिका–१ घारी खहरेको भाडाको घरबाट सञ्चालनमा रहेको चिकित्सालय हाल मन्थली अस्पतालको पुरानो भवनमा सारिएपछि सेवाग्राहीको पहुँच अझ सहज बनेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोका अनुसार जिल्लामा हाल एक जिल्ला स्तरीय चिकित्सालयसहित छ वटा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । यसै आर्थिक वर्षभित्र दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा थप तीनवटा आरोग्य सेवा केन्द्र स्थापना हुने तयारी छ ।

चिकित्सालयले नियमित स्वास्थ्य परीक्षण, पूर्वकर्म सेवा, अकुपञ्चर, फिजियो थेरापी, शिरोधारा, योगलगायत उपचार उपलब्ध गराउँदै आएको छ । साथै, रगत, दिसा–पिसाब परीक्षण जस्ता प्रयोगशाला सेवा र पाइल्स तथा फिस्टुलाको निःशुल्क शल्यक्रिया उपलब्ध हुने भएकाले बिरामीको आकर्षण बढेको हो ।

“यहाँको उपचार प्रभावकारी र प्रायः निःशुल्क भएकाले जनताको भरोसा बढ्दै गएको छ,” मन्थली नगरपालिका–२ का स्थानीय कुङ्गलाल तामाङले बताए । उनले आमाको उपचारका क्रममा काठमाडौँमा धेरै खर्च भए पनि निको नभएको तर यहाँ कम खर्चमा राम्रो उपचार पाएको अनुभव सुनाए ।

व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरेका अनुसार भाडाको घरमा दैनिक करिब ५० जना सेवाग्राही मात्र पुग्ने गरेका थिए भने हाल अस्पतालको भवनबाट दैनिक एक सयभन्दा बढी सेवाग्राही लाभान्वित भइरहेका छन् ।

स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै योजना बनाउन सके रोग लाग्नै नदिने खालका प्रवर्द्धनात्मक सेवा अझ प्रभावकारी हुने स्थानीय बद्रीप्रसाद घिमिरेको भनाइ छ ।