गृहपृष्ठ बुटवल पावर कम्पनीद्वारा हिमाल पावरको सेयर खरिद

बुटवल पावर कम्पनीद्वारा हिमाल पावरको सेयर खरिद

बुटवल पावर कम्पनीद्वारा हिमाल पावरको सेयर खरिद

बुटवल पावर कम्पनीले हिमाल पावर लिमिटेड कम्पनीमा रहेको स्टाटक्राफ्ट होल्डिङ्स सिंगापुर र ईभीनी एएस नर्वेको नाममा रहेको सेयर खरिद गरेको छ ।

बुटवल पावर कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले हिमाल पावरको कुल चुक्ता १ करोड ७६ लख ४१ हजार ४३९ कित्ता सेयर मध्ये स्टाटक्राफ्ट होल्डिङ्स सिंगापुरको नाममा रहेको १ करोड ६८ हजार १७६ कित्ता सेयर र ईभीनी एएस नर्वेको नाममा रहेको ४५ लाख ९४ हजार ६११ कित्ता सेयरहरु खरिद गर्ने निर्णय गरेको हो ।

उल्लेखित सेयर खरिद बिक्रीको नियमकीय स्वीकृति प्राप्त गरी सेयर दाखिला खारेजको प्रक्रिया सम्पन्न गरिने जनाइएको छ ।

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु