काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रसिद्ध ज्योतिष पण्डित डा.अधिकारीले चेपाङ बस्तीमा बाँडे राहत (भिडियो सहित)

2.86K
shares

चितवन । प्रसिद्ध ज्योतिष, पण्डित, गीतकार तथा समाजसेवी डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दशैंको अवसरमा राहत वितरण गरेका छन् ।

विपन्न निमुखा दुई सय जना चेपाङहरुलाई चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन् । पूर्वी चितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो ।

लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषिय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका डा अधिकारीले दशैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए ।

पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा स्थानीय समाजसेवी राममणि न्यौपाने, पूर्वअध्यक्ष परमात सेढाईलगायतले राहत वितरणमा सहजीकरण गरेका थिए । विन्दु सिंजाली थापा मगरले संचालन गरेको कार्यक्रममा डा.अधिकारीले अत्ति विपन्न परिवारलाई यस्तो सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

डा.अधिकारी भन्छन्,‘मैंले चितवन जस्तो विकसित र शिक्षित जिल्लामा पनि यति धेरै विकट ठाउँ, चरम गरिबी, अशिक्षा अनि भोकमरी होला भन्ने सोचेको थिइन् । यो कल्पना भन्दा बाहिर थियो, जहाँको भौगोलिक विकटता, न्यूनतम आधारभूत आवश्यक्ताहरु अभावका साथसाथै चेतनाको स्तर समेत आजको २१औं शताब्दीमा यस्तो शुन्य अवस्था देख्दा मुटु, धड्कन र मस्तिष्क नै ठप्प भएर रोकिएको अनुभव भएको छ ।’

डा.अधिकारी कुशल गीतकार, समाजसेवी, लेखक एवं विश्लेषक पनि पनि हुन् । राहत वितरणपछि उनले राम मणि न्यौपाने, स्थानीय आमा समूह, सुरक्षा निकाय, समाजसेवी तथा २ नं का वडा सदस्य एक बहादुर गुरुङ तथा टोल सुधार समितिका अध्यक्ष सुक बहादुर गुरुङलाई धन्यवाद दिएका छन् ।