काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दशैं–तिहारमा सहुलियत दरमा खाद्यान्न लिन उपभोक्ताको भिड

3.53K
shares

मुगु । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल, तेल र चिनी बिक्री गर्न सुरु गरेको छ ।
कम्पनीले जिल्लाको छायाँनाथ रारा नगरपालिका, मुगु–कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी गत सोमबारदेखि गमगढीस्थित शाखा कार्यालयबाट सहुलियत दरमा खाद्यान्न वितरण गर्न थालेको हो ।

सहुलियत दरमा खाद्यान्न पाइने भएपछि उपभोक्ताको भिड लागेको छ भने दैनिक लाखौं रुपैयाँको कारोबार भइरहेको छ । शाखा कार्यालय मुगुका सूचना अधिकारी मौसम माझीँका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यविधिअनुसार भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म चाडपर्व लक्षित खाद्यान्न सहुलियतमा बिक्री गरिनेछ ।

यस वर्ष खत्याड गाउँपालिकाको श्रीकोट डिपोबाट ४ सय क्विन्टल चामल, सोरुकोट डिपोबाट ४ सय क्विन्टल र गमगढी बजारस्थित शाखा कार्यालयबाट २ हजार क्विन्टल चामल, २ हजार लिटर तेल र २ हजार क्विन्टल चिनी सहुलियतमा बिक्री गरिने लक्ष्य लिइएको छ ।

चामलमा प्रति बोरामा १२५ रुपैयाँ छुट दिइएको छ भने तेलमा प्रति लिटर ७ रुपैयाँ सहुलियत दिइएको छ। दैनिक ६० क्विन्टल चामल र ३ हजार लिटर तेल बिक्री हुने गरेको जानकारी अधिकारी माझीँले दिए । बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट पाइने चामल, तेल र चिनी सस्तो भएको र यसबेला चाडपर्वको अवसरमा थप छुट पाउँदा उपभोक्ताहरू खुसी भएका छन् ।